spot_img

रिलायन्स मिल्सले तिरे पहिलो विद्युत महसुल बक्यौता, काटिएको लाइन जोडियो

spot_img
spot_img

सुनसरी,२० कात्तिक । सुनसरीस्थित रिलायन्स स्पिनिङ मिल्सले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड र ट्रङ्क लाइनबाट प्रयोग गरेको विद्युत् बापतको प्रिमियम महसुलको पहिलो किस्ता तिरेपछि काटिएको विद्युत् लाइन पुनः जडान गरिएको छ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्मको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो। कम्पनीमा कुल ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता रहेको छ। बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको छ, जसमा पहिलो किस्ताको रकम दुई करोड ७७ लाख रुपैयाँ रहेको छ।

पहिलो किस्ता बुझाएपछि कम्पनीको विद्युत् सेवा पुनः सुचारु भएको प्राधिकरणले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय