spot_img

भट्टराईद्वारा जेनजी आन्दोलनलाई संस्थागत बनाउन सुझाव

spot_img
spot_img

काठमाडौँ,२० कात्तिक ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहका प्रतिनिधिहरूलाई सुझाव दिनुभएको छ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जेनजी समूहबीच आज भएको राजनीतिक संवादमा डा. भट्टराईले जेनजी आन्दोलन नयाँ पुस्ताको समग्र आवाज भएको भन्दै यसलाई वर्तमान सरकारले औपचारिक रूपमा संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “संस्थागत गर्न औपचारिक सम्झौता गर्नुपर्छ, नगरे यस ऐतिहासिक आन्दोलन बिलाएर जाने खतरा छ।”

उहाँले पहिलो चरणको संविधान लेखन विफल भएको र दोस्रो चरणमा आफ्नो पार्टीको शक्ति कमजोर भएको कारण संविधान अपूरो रहेको स्वीकार गर्दै अब यसलाई पूरा गर्ने काम जेनजी समूहको भएको बताए।

कार्यक्रममा पार्टी संयोजक दुर्गा सोबले भने, “विगतमा समाजसँग सम्बन्धित मुद्दामा विचार विमर्श गर्दै आएको हाम्रो पार्टी अब जेनजी आन्दोलनको देखाएको रूपान्तरणकारी मार्गसँग सहकार्य गर्दै वैकल्पिक राजनीतिक शक्ति प्रस्तुत गर्नेछ।”

कार्यक्रममा जेनजी समूहका अगुवाहरू सान्तेन राई, प्रभात लाभ, अर्णव चौधरी, विकास रसाइली, अमित खनाल, प्रदिप पाण्डे, माजिद अन्सारीले पनि आफ्ना धारणा राखेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय