काठमाडौँ,२० कातिक । मुग्लिन–नारायणगढ सडकखण्डको जलविरे नजिकै बिहीबार साँझ नारायणगढतर्फ सुक्खा पहिरो खस्दा सवारी आवागमन एकतर्फी भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउन करिब १–२ घण्टा लाग्ने अनुमान गरिएको छ र त्यसपछि मात्रै दुईतर्फी सवारी सुचारु हुनेछ।
सडकमा उच्च पहिरो जोखिम रहेको भन्दै चालकहरूलाई लेन अनुशासन पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गरिएको छ।




