spot_img

आजदेखि लाइसेन्स छपाइ पुनः सुरु, दैनिक ५०० को दरले छापिने तयारी

spot_img
spot_img

काठमाडौं,२१ कात्तिक । लामो समयदेखि रोकिएको सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ प्रक्रिया पुनः सुरु भएको छ। यातायात व्यवस्था विभागले काभ्रेपलाञ्चोकस्थित सुरक्षा मुद्रण केन्द्रमा शुक्रबारदेखि औपचारिक रूपमा लाइसेन्स छाप्न थालिएको जनाएको छ।

विभागका कार्यकारी निर्देशक देवराज ढुंगानाका अनुसार प्रारम्भिक चरणमा दैनिक ५०० वटा लाइसेन्स छाप्ने लक्ष्य राखिएको छ। छपाइ क्षमता विस्तार गर्दै क्रमशः संख्या बढाउँदै लैजाने योजना छ।

विभागले करिब १२ लाख थान लाइसेन्स छाप्ने योजना बनाएको छ। यही प्रक्रियाको औपचारिक शुभारम्भ सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले गर्ने कार्यक्रम तय गरिएको छ।

सुरक्षा मुद्रण केन्द्रका अनुसार अहिले छापिएका लाइसेन्स वितरणका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी करिब छ महिनाभित्र सेवा सर्वसाधारणसम्म पुर्‍याउने तयारी भइरहेको छ।

गत जेठ ९ गते विभाग र मुद्रण केन्द्रबीच बाँकी लाइसेन्स छपाइसम्बन्धी सम्झौता भएको थियो। सम्झौताअनुसार विभागले छपाइका लागि करिब २७ करोड रुपैयाँ उपलब्ध गराउनेछ।

यसपटक प्रति लाइसेन्स छपाइ खर्च पहिलेको भन्दा १ सय रुपैयाँ कम पर्ने विभागले जनाएको छ। नयाँ छपाइ सुरु भएपछि लामो समयदेखि रोकिएको लाइसेन्स वितरण प्रक्रियामा सुधार आउने र सेवाग्राहीको समस्या क्रमशः कम हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय