spot_img

नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटको राजीनामा स्वीकृत

spot_img
spot_img

काठमाडौँ,२१ कातिक । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले दिएको राजीनामा गृहमन्त्री ओमप्रकाश अर्यालले स्वीकृत गरेका छन्। रानाभाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहेर सेवा दिइरहेका थिए।

रानाभाट २०५८ साउन १८ गते इन्स्पेक्टरका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए। दीर्घ सेवापछि उनी यसै वर्ष प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा पदोन्नति भएका थिए।

गृह मन्त्रालयका एक उच्च अधिकृतका अनुसार रानाभाटको राजीनामा औपचारिक रूपमा स्वीकृत भइसकेको र त्यसअनुसार आवश्यक प्रशासनिक प्रक्रिया अघि बढाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय