spot_img

देशभर थपिए १ लाख ३६ हजार नयाँ मतदाता

spot_img
spot_img

काठमाडौं,२१ कात्तिक । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जारी मतदाता नामावली संकलनमा हालसम्म १ लाख ३६ हजार ६० जना नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ। केवल आज मात्रै ११ हजार १ सय ९७ जनाले आफ्नो नाम दर्ता गराएका छन्।

आयोगका अनुसार नयाँ मतदातामध्ये ८१ हजार ८६४ पुरुष, ५४ हजार १७८ महिला र १८ जनाले तेस्रो लिङ्गबाट नाम दर्ता गराएका छन्। जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी २१ फागुनमा निर्वाचन घोषणा गरेपछि आयोगले अध्यादेशमार्फत मतदाता नामावली दर्ता पुनः खोलेको हो।

१६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकहरूले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा गई बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ। नामावली संकलन कात्तिक ३० सम्म जारी रहनेछ।

यस प्रक्रियामा नयाँ मतदातासँगै, विवाह तथा बसाइँसराइँका कारण क्षेत्र परिवर्तन गर्न चाहने मतदाताले ‘ठाउँसारी’ गर्न सक्नेछन्। नामावलीमा भएका त्रुटिहरू पनि यही अवधिमा सच्याउन सकिने आयोगले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय