spot_img

बीरगन्ज नाकाबाट निर्यातमा उल्लेख्य वृद्धि

spot_img
spot_img

बीरगन्ज,२१ कातिक । यस आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगन्ज भन्सार नाकाबाट हुने निर्यात उल्लेख्य रूपमा बढेको छ। प्रमुख भन्सार प्रसासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आर्थिक वर्षको यो अवधि सम्ममा कुल रु २६ अर्ब ५९ करोड बराबरका सामग्री विदेश पठाइएको छ, जुन गत वर्षको सोही अवधिको रु ८ अर्ब ८४ करोड को तुलनामा तीन गुणाभन्दा बढी वृद्धि हो।

सबैभन्दा ठूलो हिस्सा भटमासको प्रशोधित तेलको रहेको छ। तीन महिनामा रु १३ अर्ब ९८ करोड बराबरको छ करोड ७१ लाख लिटर भटमास तेल निर्यात गरिएको छ।

त्यसैगरी, रु २ अर्ब ७ करोड बराबरको दुई करोड १२ लाख ४८ हजार लिटर जुस विदेश पठाइएको छ।

यस्तै, रु १ अर्ब ७० करोड बराबरको तीन करोड ६८ लाख लिटर सूर्यमुखी प्रशोधित तेल र रु ९७ करोड बराबरको २ करोड ४९ लाख थान कपडा निर्यात गरिएको भन्सार कार्यालयले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय