spot_img

कुलमान घिसिङ नयाँ पार्टी गठनतर्फ, ‘बल्ब’ चिह्नमै जाने सम्भावना

spot_img
spot_img

काठमाडौँ,२१ कातिक । लोडसेडिङ अन्त्य गरेर लोकप्रियता कमाएका पूर्व प्रबन्ध निर्देशक तथा हाल ऊर्जामन्त्री रहेका कुलमान घिसिङ आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ राजनीतिक दल गठनको तयारीमा रहेको खुलेको छ।

जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिमण्डलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका घिसिङले वैकल्पिक शक्ति एक ठाउँमा ल्याउनुपर्ने भन्दै विभिन्न समूहसँगको छलफल अघि सारेका थिए। तर सहमति मिल्न नसकेपछि अब उनले आफैं पार्टी दर्ता गर्ने निष्कर्ष निकालेको स्रोतहरू बताउँछन्।

स्रोतका अनुसार, ‘उज्यालो नेपाल पार्टी’ नाम र ‘बल्ब’ चुनाव चिह्न प्रयोग गर्ने तयारी तीव्र छ। सो दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परिसकेको बताइन्छ।

घिसिङ निकट एक नेताले भने, “बल्ब चिह्नले जनबीच पहिचान र सन्देश दुवै सजिलै पुग्छ भन्ने विश्वास छ।”घिसिङ स्वयं पार्टीको अध्यक्ष बन्ने कि सामान्य सदस्य रहँदै अघि बढ्ने भन्नेबारे भने टुंगो भइसकेको छैन। मन्त्री पद छाडेर चुनावी अभियानमै ध्यान केन्द्रित गर्ने कि न गर्ने विषयमा पनि उच्च तहमा छलफल जारी छ।

घिसिङले विवेकशील साझा पृष्ठभूमिका नेता, रक्षा बम नेतृत्वको नेपाल जेन–जी फ्रन्ट तथा अन्य वैकल्पिक समूहसँग सहकार्य खोजेका थिए। तर पार्टीको नाम, चुनाव चिह्न र नेतृत्व मोडेलमा एकमत नहुँदा एकता प्रयास अघि बढेन।

जेन–जी फ्रन्टको धारणा छ — “व्यक्तिगत नेतृत्वमा आधारित पार्टी दीर्घकालीन हुँदैन।”त्यसैले उनीहरू सामूहिक नेतृत्व र आन्दोलनको माग बोकेको दल चाहन्छन्।

एक चरणमा कुलमान रास्वपामा प्रवेश गर्ने सम्भावना समेत देखिएको थियो। तर नेतृत्व हस्तान्तरणमा सहमति नजुट्दा त्यो संवाद पनि रोकियो। यसपछि घिसिङ फेरि स्वतन्त्र दल गठनतिर फर्किएका हुन्।जेन–जी आन्दोलनका माग राजनीतिक दलमार्फत सम्बोधन गर्ने तर्क

नेतृ सुमना श्रेष्ठसहितको समूहले जेन–जी आन्दोलनका आवाज संसदमा नपुग्दा राज्यले फेरि आन्दोलनलाई अपराधीकरण गर्ने खतरा रहेको चेतावनी दिँदै, आन्दोलनमै संलग्न युवाहरूले नेतृत्वमै आउनुपर्ने धारणा राख्दै आएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय