spot_img

बाराको आदर्श कोतवाल गाउँपालिकाले आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

spot_img
spot_img

वीरगन्ज,२१ कात्तिक । बाराको आदर्श कोतवाल गाउँपालिकाले आन्दोलनरत पक्षलाई वार्तामा आउन औपचारिक आह्वान गरेको छ। गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साहले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत समूहलाई संवाद र समाधानको बाटो रोज्न आग्रह गरेका हुन्।

साहका अनुसार मिति २०८२ असोज २७ गते गाउँपालिकाभित्र स्ट्रिट लाइट जडानको विषयलाई लिएर केही युवाले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए। सो क्रममा उत्पन्न अवस्थाप्रति आफू गम्भीर रहेको उल्लेख गर्दै उनले भनेका छन्, “गाउँपालिकाको कार्यालय जनताको विकास तथा हितका लागि स्थापित संस्था हो। कुनै पनि कारणवश यसका कामकाजमा बाधा पु–याउनु जनताको नै अहित हुनेछ।”

विज्ञप्तिमा उनले गाउँपालिकामा भएको आगजनी घटनामा संलग्न व्यक्तिहरूलाई कानुन अनुसार कारवाही गरिने चेतावनी पनि दिएका छन्।

अध्यक्ष साहले समस्याको समाधानका लागि आज (कात्तिक २१ गते) बिहान ११ः०० बजे गाउँपालिकाको कार्यालयमा वार्ताको आयोजना गरिएको उल्लेख गर्दै आन्दोलनरत पक्षलाई बढीमा पाँच जना प्रतिनिधि पठाउन आग्रह गरेका छन्। गाउँपालिकाले संवादमार्फत समस्या समाधान हुने विश्वास व्यक्त गर्दै शान्ति, सहमति र विकासको वातावरण कायम गर्न सबै पक्षलाई जिम्मेवार हुन आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय