spot_img

माग पूरा नभएपछि मेलम्चीबाट काठमाडौँमा पानी आपूर्ति पूर्ण रूपमा रोकियो

spot_img
spot_img

काठमाडौँ,२१ कातिक  । स्थानीयको विरोध र मागसमेत पूरा नभएको भन्दै मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण अनिश्चितकालका लागि रोकिएको छ। मेलम्ची बाढीपीडित, भेण्डर तथा विभिन्न सरोकार समितिहरूले मुहानमै तालाबन्दी गरेपछि बिहीबारदेखि मेलम्चीको पानी राजधानीमा आपूर्ति बन्द भएको हो।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासका अनुसार मुहान क्षेत्रमा स्थानीयले पानीको स्रोत बन्द गराएपछि दिउँसोदेखि काठमाडौँमा मेलम्चीको पानी आउन पूर्ण रोक लागेको छ।

दासले भने, “गत वर्ष तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयले आज मुहान बन्द गरेका हुन्। त्यसपछि मेलम्चीको पानी काठमाडौँ पथान्तरण पूर्ण रूपमा रोकिएको छ।”

२०७८ सालको बाढी–पहिरोबाट प्रभावित समुदायलगायत पीडितका माग सम्बोधन नभएपछि स्थानीयहरू पुनः आन्दोलनमा उत्रिएको हुन्। वर्षा सुरु भएसँगै असारमा रोकिएको मेलम्ची आपूर्ति २६ असोजदेखि मात्र पुनः सुरु गरिएको थियो।

दासका अनुसार, आन्दोलनरत पक्षसँग वार्ता गरी समस्या समाधान गर्ने प्रयास भइरहेको छ। यसअघि पनि सिन्धुपाल्चोक र काभ्रेका चार सरोकार समितिले एक हप्ता अघि पानीपोखरीस्थित मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दी गरेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय