spot_img

“सबैलाई निर्वाचनमा सहज सहभागिता सुनिश्चित गर्न सरकारले आवश्यक कदम चालोस्”: अध्यक्ष दाहाल

spot_img
spot_img

काठमाडौँ,२१ कात्तिक । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आगामी निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न सरकारसँग आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

शुक्रबार सिंहदरवारमा सम्पन्न राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष दाहालले शान्ति सुरक्षा सुनिश्चित गर्दै सबै पक्षलाई सहज ढंगले निर्वाचनमा सहभागी हुन सक्ने वातावरण तयार गर्न सरकारसँग अनुरोध गरेका हुन्।

उनले राष्ट्रिय सभा सञ्चालनमा केही कानूनी जटिलता र अस्पष्टता रहेको उल्लेख गर्दै, त्यसलाई हटाउने विषयमा सरकारले ढिलाई नगरी गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए। साथै, बैठक सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणमा पनि सरकारले ध्यान दिनुपर्ने उनले जोड दिए।

अध्यक्ष दाहालले भने, “निर्वाचन शान्तिपूर्ण, व्यवस्थित र सबै पक्ष सहभागी हुनेगरी हुनुपर्छ। राष्ट्रिय सभा सञ्चालनका लागि देखिएका कानूनी असहजता र अस्पष्टतालाई सरकारले गम्भीरताका साथ सम्बोधन गरोस्। आवश्यक पूर्वाधार निर्माणमा पनि सरकार सक्रिय होस्।”

उक्त बैठकमा उनले राष्ट्रिय सभाले सरकारलाई महत्वपूर्ण सहयोग गर्ने भएकाले यसको बैठक सञ्चालनमा सरकार सक्रिय हुनुपर्ने पनि बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय