spot_img

एमसीसी परियोजनामा संलग्न कम्पनीलाई एक वर्षको आयकर छुट

spot_img
spot_img

काठमाडौँ,२१ कात्तिक । नेपाल सरकारले एमसीसी कम्प्याक्ट अन्तर्गत एमसीए–नेपालमार्फत काम गर्ने निर्माण र सेवा प्रदायक कम्पनीहरूलाई चालू आर्थिक वर्ष २०८२/८३ का लागि आयकर छुट दिने निर्णय गरेको छ।

अर्थ मन्त्रालयले यस निर्णयको सूचना राजपत्रमा प्रकाशित गर्दै आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा ९ अन्तर्गत उक्त निर्णय भएको जानकारी दिएको छ। सूचना अनुसार, “नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ साउन १८ गतेको निर्णयअनुसार एमसीसी परियोजनामा संलग्न कम्पनीलाई आयकर छुट दिइने भएकोले सूचना प्रकाशित गरिएको हो।”

यस निर्णयअनुसार नेपालमा दर्ता भएका वा स्थायी संस्थापनका रूपमा दर्ता रहेका एमसीसी कम्प्याक्ट बमोजिम एमसीए–नेपालसँग काम गर्ने कम्पनीले चालू वर्ष आफ्नो आम्दानीमा आयकर तिर्नुपर्ने छैन।

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायका अनुसार, यो व्यवस्थाले सरकारलाई विशेष परियोजना वा निकायका लागि कर छुट दिने अधिकार प्रदान गर्दछ। यसबाट प्रत्यक्ष लाभ एमसीसी परियोजनाअन्तर्गत भइरहेको ट्रान्समिसन लाइन, सडक सुधार र अन्य पूर्वाधार आयोजनामा कार्यरत कम्पनीहरूले पाउनेछन्।

सरकारले यस निर्णयले परियोजनाको गतिलाई थप तीव्र बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय