spot_img

संसदीय चुनाव अघि पार्टीको महाधिवेशन आवश्यक रहेकाे गौतमको सुझाव

spot_img
spot_img

काठमाडौँ, २१ कात्तिक । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले पार्टी अहिले इतिहासकै निर्णायक मोडमा रहेको बताउँदै आगामी संसदीय चुनावमा अघि बढ्नु अघि पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्ने सुझाव दिएकी छन्।

शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले भनिन्, “पार्टीको महाधिवेशन सम्पन्न नगरी संसदीय चुनावमा जानु हुँदैन। मंसिरभित्रै महाधिवेशन गरेर जनआदेश लिऔं, त्यसपछि मात्र देशको जनादेशका लागि चुनावी मैदानमा जाऔं।”

गौतमले महाधिवेशनले पार्टीमा नयाँ नेतृत्व चयन गरी जनविश्वास पुनः स्थापना गर्ने अवसर प्रदान गर्ने बताइन्। उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने जिम्मेवारीलाई अवसरका रूपमा उपयोग गर्न आग्रह गरिन्।

उनले पार्टीभित्र असन्तुष्टि र लोकतान्त्रिक अभ्यासप्रति आकांक्षाको अभिव्यक्ति स्वरूप महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर संकलन गरेको स्मरण गर्दै, पार्टीको आत्ममूल्यांकन आवश्यक भएको जोड दिइन्।

साथै, गौतमले जनजी आन्दोलनका क्रममा भएको निजी तथा सरकारी सम्पत्तिमा भएको क्षतिको निष्पक्ष छानबिन र दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याइन्। उनले पार्टी सभापति शेरबहादुर देउवा र अरु नेताहरूमाथि भएको आक्रमण तथा पार्टी कार्यालयमा भएका तोडफोड र आगजनीको तथ्य सार्वजनिक गर्न पनि माग गरिन्।

गौतमले भनिन्, “प्रजातान्त्रिक छानबिन सत्ताको मार्ग निर्माण गर्ने होइन, सुशासनको चेत जगाउने अभियान हो। तर पार्टीमा सुशासन र आन्तरिक लोकतन्त्रका सवालमा असन्तुष्टि प्रकट भएको छ।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय