spot_img

केही समयपछि देशको बागडोर रास्वपाले सम्हाल्नेछ : स्वर्णिम वाग्ले

spot_img
spot_img

काठमाडौँ,२१ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयपछि देशको नेतृत्व रास्वपाले सम्हाल्ने दाबी गरेका छन्।

शुक्रबार चितवनको सौराहामा सुरु भएको पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै वाग्लेले संघीय निर्वाचनको तयारी तत्काल केन्द्रित र व्यवस्थित ढंगले गर्नुपर्ने बताए। उनले भने, “संघीय निर्वाचन घोषणा भइसकेको छ। अब १ सय २० दिन भन्दा कम समय बाँकी छ। त्यसैले निर्वाचन तयारीमा विचार, योजना र सिद्धान्तमा टेकेर जनतालाई प्रेरित गर्नुपर्छ। केही समयपछि देशको कालखण्डको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले नै सम्हाल्नेछ।”

उपसभापति वाग्लेले पार्टीका नेता र कार्यकर्तालाई आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा एकजुट भएर लाग्न निर्देशन दिएका छन्। उनले निर्वाचन तयारीमा घनिभूत र सक्रिय सहभागिताको आवश्यकता औंल्याउँदै, पार्टीका विचार, योजना र सिद्धान्तका आधारमा जनतालाई विश्वास दिलाउनुपर्ने जोड दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय