spot_img

मधेश विश्वविद्यालयमा अनियमितताको विरोध, विद्यार्थीले मुख्यमन्त्रीसँग भेटेर समाधान मागे

spot_img
spot_img

बीरगन्ज, २१ कात्तिक । मधेश विश्वविद्यालयका कानून संकायका विद्यार्थीहरूले विश्वविद्यालयभित्र बढ्दो अनियमितता र बेथितिको विरोध गर्दै मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनललाई शुक्रबार भेटेर तत्काल सुधार माग गरेका छन्।

विद्यार्थीहरूले अध्ययन–अध्यापनको वातावरण बिग्रिएको, विश्वविद्यालयको गरिमा गिर्दै गएको र आवश्यक पूर्वाधार तथा योग्य शिक्षकको अभाव रहेको कुरा मुख्यमन्त्रीसमक्ष राखेका थिए। उनीहरूले उपकुलपति र रजिष्ट्रारको समय नपाउने, कर्मचारीमा सम्बन्धित विषयमा दक्ष नभएका व्यक्तिहरूको नियुक्ति, छात्राहरूको लागि शौचालय नहुँदा उत्पन्न असुविधा जस्ता समस्याहरू पनि उजागर गरेका छन्।

मुख्यमन्त्री सोनलले विद्यार्थीहरूको गुनासो ध्यानपूर्वक सुन्दै भने, “हाल केही सैद्धान्तिक प्रक्रियामा व्यस्त छु, तर यो प्रक्रिया सकिएलगत्तै विश्वविद्यालयको समस्यामा गम्भीर कदम चालिनेछ। विश्वविद्यालयको साख घट्नेगरी हतारो निर्णय नगर्नुहोस्। व्यवस्थापन, सरकार र विद्यार्थीले मिलेर यस प्रतिष्ठानको स्तर र विश्वास जोगाउनुपर्छ।”

विद्यार्थीहरूले मुख्यमन्त्रीसँगको भेटपछि सरकार संवेदनशील रहेको महसुस गरेका छन् र छिट्टै सुधारात्मक कदम अघि बढ्ने अपेक्षा व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय