spot_img

ओलीको आरोप: कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी

spot_img
spot_img

काठमाडौं,२१ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई असंवैधानिक र प्रतिगामी भएको आरोप लगाएका छन्।

एमालेको शिक्षा तथा मानवस्रोत विभागद्वारा शुक्रबार काठमाडौंमा आयोजित अन्तरसंवाद कार्यक्रममा ओलीले भने, “पूर्वप्रधानन्यायाधीशले संविधान मिचेर प्रधानमन्त्री हुनु असंवैधानिक हो। यस्तो सरकार जनताको प्रतिनिधित्वमा आधारित नभई हाहु र अराजकतामा निर्मित हो।”

उनले सरकारले संविधान र लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरेको आरोप पनि लगाए। ओलीले जोड दिए, “कुनै सभ्य समाजमा डिस्कर्डबाट प्रधानमन्त्री बन्न सक्दैन। भोटिङ प्रक्रिया पनि औपचारिक छैन र जनसहमतिमा आधारित छैन। २४ गतेको आगजनी र तोडफोडको बलमा बनेको सरकार संविधानअनुसार छैन।”

ओलीले वर्तमान सरकारलाई ‘अदृश्य प्रतिगमनकारी’ भनेर वर्णन गर्दै भने, “यो सरकार कुनै इतिहास, परम्परा, जनसमर्थन, वा आधारभूत संरचनामा आधारित छैन। हाहु, तोडफोड, अराजकता र आतंकको भरमा शासन सञ्चालन गर्दैछ।”

एमाले अध्यक्षले आफ्नो पार्टी ज्ञानेन्द्रको शासनविरुद्धको संघर्षबाट आएको भएकाले २ दिने अराजकतासँग कहिल्यै सम्झौता नगर्ने स्पष्ट पारे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय