रौतहट,२१ कातिक । रौतहट प्रहरीले विशेष अभियानमा पाँचवटा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले परोहा नगरपालिका–५ नामनगरा, भेडियाही, र बौधिमाई नगरपालिका–४ ईनरवारी क्षेत्रका लुकाइ–छिपाइ सञ्चालन भइरहेका भट्टीहरू पत्ता लगाएर नष्ट गरेको हो।
प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, यी भट्टीबाट ५०० लिटर तयारी मदिरा, ४ ड्रम कच्चा पदार्थ, मदिरा बनाउने २ वटा मेसिन र अन्य भाँडाकुँडा बरामद गरी नष्ट गरिएको छ।
भट्टी सञ्चालन गर्ने व्यक्तिहरू फरार रहेका छन् र उनीहरूको खोजी कार्य जारी रहेको एसपी कार्कीले जानकारी दिएका छन्।



