spot_img

जनमत पार्टीले सुरु गर्‍यो ‘घर–घर जनसन्देश’ अभियान

spot_img
spot_img

बीरगन्ज,२१ कातिक । आगामी निर्वाचनका लागि जनमत पार्टीले मतदाता दर्ता र मतदानमा सहभागीता बढाउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको छ।

पार्टीले शुक्रबार बीरगन्ज महानगरपालिका–१६ का नगवा र फुलवारी टोलमा उत्प्रेरणामूलक घरदैलो कार्यक्रम सम्पन्न गर्दै स्थानीय बासिन्दासँग भेटघाट गरेको थियो। कार्यकर्ताहरूले नागरिकहरूलाई मतदाता नामावलीमा दर्ता गर्न र मतदानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका थिए।

जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले भने, “लोकतन्त्रको महापर्वमा कोही पनि नागरिक आफ्नो मत प्रयोगबाट वञ्चित नहोस्। त्यसैले हामी घर–घर पुगेर जनचेतना फैलाउँदैछौँ।”

पार्टीले यो अभियान पर्साका गाउँ–गाउँ र बस्ती–बस्तीमा विस्तार गर्दै दीर्घकालीन रूपमा लोकतान्त्रिक सहभागिता र सचेत मतदाताको निर्माणलाई प्राथमिकता दिने जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय