spot_img

प्रतिनिधिसभा निर्वाचन: फागुन १२ भित्र मतपत्र जिल्ला सदरमुकाम पुग्ने, प्रचार अवधि १४ दिन

spot_img
spot_img

काठमाडौँ,२१ कातिक । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले कार्ययोजना तयार पारेको छ। आयोगले जनाएको अनुसार, फागुन १२ गतेभित्र मतपत्र जिल्ला सदरमुकाममा पुगिसक्नेछ र त्यसपछि मतदान केन्द्रमा वितरण हुनेछ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र सचिवले राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा निर्वाचन पूर्वतयारीको अवस्था र आगामी कार्यक्रमबारे जानकारी दिएका थिए।

निर्वाचन प्रचार–प्रसारका लागि १४ दिनको समय तोकिएको छ। आयोगका अनुसार प्रचार अवधि फागुन ४ देखि १८ सम्म हुनेछ र त्यसपछि मौन अवधि सुरु हुनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय