spot_img

बीरगन्जकाे पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

spot_img
spot_img

बीरगन्ज,२१ कातिक ।  बीरगन्ज महानगरपालिका–२८ सिधुवाटोलस्थित पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु भएको छ। मृतक बालकको पहिचान बाराको विश्रामपुर गाउँपालिका–५ मुसहरवा बस्ने कन्हाई साहका छोरा शनि कुमार साहको रूपमा भएको छ।

बिहीबार बिहान करिब १० बजे स्थानीय बासिन्दाले बालक डुबी मृत अवस्थामा फेला परेको जानकारी दिएका थिए। घटनास्थलमा सशस्त्र प्रहरी बल नेपालको सुरक्षा बेस बेलवा र नम्बर १३ गण हेडक्वार्टर पर्साबाट विपद् उद्धार टोली खटाइएको थियो। उद्धार टोलीले पोखरीबाट शव निकालेर आवश्यक कानुनी प्रक्रिया पुर्‍याउन नेपाल प्रहरीलाई बुझाएको छ।

घटनास्थलमा वडा प्रहरी कार्यालय बिर्ताबाट पनि प्रहरी टोली खटिएको थियो। सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी डिएसपी विश्वराज योन्जनका अनुसार, घटनाको थप अनुसन्धान जारी रहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय