spot_img

जेनजी आन्दोलनमा प्रहरीबाट लुटिएको हतियारसहित एक जना पक्राउ

spot_img
spot_img

काठमाडौं, २१ कात्तिक । जेनजी आन्दोलनको क्रममा प्रहरीबाट लुटिएको हतियारसहित एकजनालाई काठमाडौंमा पक्राउ गरिएको छ। पक्राउ पर्ने व्यक्ति कैलालीको टिकापुर नगरपालिका–१ दुर्गौली बस्ने २१ वर्षीय मनोज ढुंगाना हुन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो। अनुसन्धानका क्रममा उनीहरूको कब्जामा मेड इन कोरिया लेखिएको मल्टि ग्यास गन र भिड नियन्त्रणमा प्रयोग हुने लेग गार्ड भेटिएको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय