spot_img

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने संख्या २४ पुगे

spot_img
spot_img

काठमाडौं,२१ कात्तिक । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने दलको संख्या २४ पुगेको छ। आज मात्र चारवटा नयाँ दलले दर्ताका लागि निवेदन बुझाएका छन्।

नयाँ दलमा योगेन्द्र मण्डलको नेतृत्वमा ऊर्जाशील पार्टी, चन्द्रप्रकाश सुवेदीको सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलको राष्ट्र निर्माण पार्टी, र रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वोच्चता पार्टी नेपाल रहेका छन्।

साथै, खगेन्द्र सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल दर्ताका लागि निवेदन दिएको छ। यस पार्टीको चुनाव चिह्न गोलो घेराभित्र रहेको “राम्रो जनाउने लाइक” प्रस्तावित गरिएको छ।

निर्वाचन आयोगका अनुसार, जेनजी आन्दोलनअघि ९ वटा दलले दल दर्ताका लागि निवेदन दिएका थिए भने जेनजी आन्दोलनपछि १५ वटा दलले निवेदन दिएका छन्। नयाँ दलहरूले आवश्यक कागजात, केन्द्रीय समिति प्रमाणित विवरण, निर्णय, समर्थकहरूको विवरण, विधान र घोषणापत्र आयोगमा बुझाएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय