spot_img

मकवानपुर प्रहरीले चार दिनमा साढे ३० बिघा गाँजा फडानी गर्‍यो

spot_img
spot_img

हेटौँडा,२१ कातिक । मकवानपुर प्रहरीले राक्सिराङ, कैलाश र भीमफेदी गाउँपालिकाका विभिन्न वडामा लगाइएको करिब ३० बिघा १० कठ्ठा गाँजा नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेटौँडाबाट खटिएको १०२ जनाको संयुक्त टोलीले सोमबारदेखि बिहीबारसम्म चार दिनमा उक्त क्षेत्रका गाँजाका बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिएका छन्।

प्रहरी टोलीले राक्सिराङ गाउँपालिकाका चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाका सातकन्या, खैरेनी, जोइटी र भीमफेदी गाउँपालिकाका भदौरे, ज्यार्बु लगायतका जमिनमा फैलिएका गाँजाका बोट नष्ट गरेको थियो। स्थानीय तह, सामुदायिक प्रतिनिधि र सम्बन्धित निकायहरूको सहयोगमा कार्य सफल भएको प्रहरीले जनाएको छ।

मकवानपुरमा गत आर्थिक वर्षमा पनि राक्सिराङ र कैलाश गाउँपालिकाको १ सय २० बिघा ४ कठ्ठा गाँजा र ३९ बिघा १४ कठ्ठा अफिम खेती नष्ट गरिएको थियो। यी दुई गाउँपालिकामा अझै पनि धेरै भूभागमा गाँजा र अफिम खेती हुने गरेको प्रहरीका अनुसार बताइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय