spot_img

प्रतिनिधिसभा निर्वाचन : प्रचार–प्रसारका लागि १४ दिन, आयोगले कार्ययोजना सार्वजनिक

spot_img
spot_img

काठमाडौँ,२२ कातिक । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ। चुनाव तयारीलाई व्यवस्थित बनाउन आयोगले प्रचार–प्रसार, मतपत्र वितरणदेखि मौन अवधिसम्मका सम्पूर्ण चरणलाई मिति अनुसार निर्धारण गरेको हो।

आयोगका अनुसार उम्मेदवारहरूले फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र प्रचार–प्रसार गर्न पाउनेछन्। फागुन १९ गतेदेखि मतदातालाई कुनै पनि किसिमको प्रभाव पार्ने प्रचार क्रियाकलाप रोकिएको मौन अवधि लागू हुनेछ।

त्यस्तै, फागुन १२ गतेभित्र सबै मतपत्र जिल्ला सदरमुकाममा पुर्‍याउने लक्ष्य राखिएको छ। त्यसपछि क्रमशः ती मतपत्र सम्बन्धित मतदान केन्द्रहरूमा पठाइनेछन्।

राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगले चुनाव तयारीबारे जानकारी दिएको थियो। बैठकमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र आयोगका सचिवले जनशक्ति व्यवस्थापन, सामग्री आपूर्ति र समन्वय कार्य तीव्र रूपमा भैरहेको बताए।

आयोगले आगामी निर्वाचनलाई निष्पक्ष, भयरहित र पारदर्शी बनाउन आवश्यक पूर्वाधार र नियमनात्मक प्रक्रिया सबैलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय