spot_img

मकवानपुरमा खैरो हेरोइनसहित महिला पक्राउ

spot_img
spot_img

मकवानपुर,२२ कातिक । मकवानपुर प्रहरीले हेटौंडाबाट खैरो हेरोइनसहित एक महिलालाई पक्राउ गरेको छ। ३६ वर्षीया अनिता श्रेष्ठलाई हेटौंडा उपमहानगरपालिका–९ बाट १४ ग्राम ७६ मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको हो।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटे चेकपोष्टमा वीरगन्जतर्फबाट आउँदै गरेको गाडी रोकेर गरिएको जाँचमा प्रहरीले श्रेष्ठसँग लागू औषध भेटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुस्कर बोगटीले जानकारी दिए।

श्रेष्ठले लागू औषध शरीरका विभिन्न भागमा लुकाएर ल्याएको खुलेको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनी लागु औषधको कारोबारी भएको देखिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय