काठमाडौँ,२२ कातिक । चन्द्रागिरि केबलकार तथा रिसोर्ट आजदेखि पुनः सञ्चालनमा आएको छ। गत भदौ २४ गते भएको तोडफोडका कारण बटम स्टेसनमा क्षति पुगेपछि ६० दिनअघि सेवा अस्थायी रूपमा बन्द गरिएको थियो।
चन्द्रागिरि हिल्सले अष्ट्रियाको डोपलमेयर कम्पनीका उच्च प्राविधिकको सहयोगमा मर्मत, सुरक्षा परीक्षण र निरीक्षण पूरा गरी यात्रुहरूका लागि सेवा सुरक्षित बनाएर सञ्चालनमा ल्याएको हो।
चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालले प्राविधिक टिमको मेहनतको प्रशंसा गर्दै भक्तजन र पर्यटकहरूको धैर्यताको सराहना गरेका छन्। सेवा पुनः सुरु भएपछि दैनिक झन्डै दुई हजार भक्तजन तथा पर्यटक भालेश्वर महादेव दर्शन र मनोरम दृश्य अवलोकन गर्न सक्नेछन्।




