spot_img

सप्तरीमा प्रहरीमाथि कुटपिट, दुई जना पक्राउ

spot_img
spot_img

राजविराज,२२ कातिक ।  सप्तरीमा प्रहरीमाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार प्रहरी जवान दिपकसाह आफ्नो ड्युटी सकेर कोठातर्फ जाँदै गर्दा वडा नं. ६ का २१ वर्षीय लालुकुमार चौधरी र २२ वर्षीय विशाल चौधरीले गालीगलौज गर्दै कुटपिट गरेका थिए।

घटनास्थलमै दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ। प्रहरी निरीक्षक प्रमोदकुमार साहका अनुसार, दुवै जनामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको छ।

जिल्ला प्रशासनले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ। घाइते प्रहरीको उपचार जारी छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय