सप्तरी,२२ कातिक । सप्तरी प्रशासनले भारतको बिहारमा जारी विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै आइतबार राति १२ बजेदेखि ७२ घण्टाका लागि सीमा बन्द गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख टुवराज पोखरेलका अनुसार, गत बैशाख १० मा नेपाल–भारत समकक्षी बैठकमा भएको समझदारीअनुसार सीमा बन्दको व्यवस्था गरिएको हो।
यस अवधिमा सप्तरीसँग सिमाना जोडिएका बिहारको मधुबनी र सुपौल जाने मुख्य नाका लगायतका अन्य नाकामा आवतजावत पूर्ण रूपमा रोकिनेछ।
बिहारको दोस्रो चरणको मतदान आगामी मंगलबार (९ नोभेम्बर) ९११ निर्वाचन क्षेत्रमा १२२ विधान सभा सिटका लागि हुने तालिका तय भएको छ।




