सुनसरी,२२ कातिक । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित भित्री सडकखण्डबाट प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ।
शुक्रबार राति ८ बजे इलाका प्रहरी कार्यालय दुहबी र सितागंजबाट खटिएको संयुक्त टोलीले बागमती प्रदेश नम्बर ०१–०२७ च ०२४० स्कार्पियो गाडीबाट गाँजा फेला पारेको हो।
प्रहरीले उक्त गाडीबाट २ सय ५७ किलो ४५ ग्राम गाँजा बरामद गरेको पुष्टि गरेको छ। गाडी चालकको खोजी कार्य जारी रहेको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




