spot_img

संविधानको रक्षा प्राथमिकता हो, हार भए पनि चुनावमा जानुपर्छ: सरिता प्रसाईं

spot_img
spot_img

काठमाडौँ,२२ कातिक । नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान र लोकतन्त्रलाई जोगाउन पार्टीले कुनै पनि हालतमा आगामी निर्वाचनमा सहभागिता जनाउनुपर्ने बताएकी छन्। कांग्रेस केन्द्रीय समितिको शुक्रबार जारी बैठकमा बोल्दै उनले पछिल्ला जेनजी आन्दोलनपछि देखिएको अराजक वातावरणले संवैधानिक संरचना नै कमजोर बनेको धारणा राखिन्।

प्रसाईंका अनुसार अहिलेको अवस्थालाई केवल चुनावमार्फतै विद्यमान संविधानको आधारलाई पुनःस्थिर बनाउन सकिन्छ।

उनले भनिन्, ‘संविधान अहिले एक मात्र आधारमा टिकिरहेको छ। यस्तो समयमा चुनाव घोषणा भएको छ। हामीले जित्छौँ कि हार्ने भनेर हिसाब गर्ने बेला यो होइन। हारको सम्भावना भए पनि संविधान बचाउन कांग्रेस चुनावमा जानैपर्छ। संविधान र लोकतन्त्र रहिरहे कांग्रेस फेरि जित्ने ठाउँमा आउँछ।’

यससँगै उनले छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्ध, नयाँ राजनीतिक समायोजन, र जनमत निर्माण जस्ता विषयमा पनि पार्टीले खुला छलफल गर्नुपर्नेमा जोड दिइन्।

प्रसाईंले हाल पार्टीभित्र देखिएको महाधिवेशनको समय र प्रक्रियासम्बन्धी विवादलाई सम्बोधन गर्दै भनेकी छन् कि, विशेष महाधिवेशन माग गर्ने ५४ प्रतिशत सदस्यकै प्राथमिकता पनि अन्ततः नियमित महाधिवेशनमा नै फर्किएको छ। त्यसैले यसै केन्द्रीय समितिबाटै स्पष्ट कार्यतालिका बनाएर अघि बढ्न उनले आग्रह गरिन्।

उनका अनुसार, नियमित महाधिवेशनको मुद्दा एक वर्षभन्दा अघि देखि डा. शेखर कोइरालाले उठाउँदै आए पनि पार्टीभित्र बहुमतको नाममा आवाज दविएको भन्ने प्रवृत्तिले अहिले समस्या चर्किएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय