Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
7.1 C
Kathmandu
14.6 C
Birgunj
spot_img

नेपाली कांग्रेसले मुख्यमन्त्री सोनलको विपक्षमा मतदान गर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२२ कातिक । नेपाली कांग्रेसले मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनार (सोनल) ले आज लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने भएको छ ।

कांग्रेसको संसदीय दलले विपक्षमा मतदान गरेर सशक्त प्रतिपक्षका रूपमा बस्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले जानकारी दिए । सचेतक झाले जनमत पार्टीले आफूहरूसँग धोकाधडी गरेको गुनासो पनि गरे । ‘इन्गेजमेन्ट एउटासँग र विवाह अर्कैसँग गरेजस्तो भयो । यो त राम्रो भएन नि,’ उनले भने, ‘त्यसकारण हामीले सरकारको विपक्षमा मतदान गर्ने निर्णय गरेका हौं ।’

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिन लागेका हुन् । सोनल गएको असोज २९ गते पाँच दलका ५६ सांसदको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । तर, त्यसअघि जनमत पार्टीले कांग्रेस र एमालेसँग मिलेर आफ्नै पार्टीका सतिश सिंह नेतृत्वको सरकार ढालेका थिए । त्यसपछि जनमत पार्टीले कांग्रेसको नेतृत्वमा सरकार बनाउन गृहकार्य पनि थालेको थियो । सोही विषयतर्फ लक्षित गर्दै कांग्रेसका नेताहरु जनमत पार्टीको आलोचना गरिरहेका छन् । सोनललाई विश्वासको मत प्राप्त गर्न कुल प्रदेश सभा सदस्यको बहुमत आवश्यक पर्छ ।

कुल १०७ सदस्यीय प्रदेशसभामा हाल १०४ जना सदस्य कायम छन् । बहुमतका लागि ५३ मत आवश्यक छ । हाल सरकारमा जसपा नेपालका १८ जना, जनमतका ११ जना (दुई छुटिएर जनस्वराजमा), माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा (एकीकृत समाजवादी)का ७ जना, नागरिक उन्मुक्तिका १ जना र नेपाल संघीय समाजवादीका १ जना प्रदेशसभा सदस्य सहभागी छन् । सत्तारढ दलका दुई सांसद अभिराम शर्मा र सरोज सिंह कुशवाह निलम्वित छन् । यी बाहेक नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीले पनि सरकारलाई समर्थन गर्ने भएका छन् । दुवै पार्टीका प्रदेशसभामा एक–एक जना सदस्य छन् ।

त्यसअनुसार मुख्यमन्त्री सोनलले विश्वासको मत प्राप्त गर्ने देखिन्छ । सबैभन्दा ठूलो दल एमाले, दोस्रो ठूलो दल कांग्रेस र जनमतबाट अलग्गिएर बनेको जनस्वराज पार्टी प्रतिपक्षमा बस्ने तयारीमा छन् । जनस्वराज र राप्रपाका सांसदहरूले तटस्थ बस्ने बताए ।

ताजा समाचार

थप समाचार