spot_img

दुर्गा प्रसाईँ भारतीय सुरक्षा निकायको निगरानीमा

spot_img
spot_img

काठमाडौँ,२२ कातिक । राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्रको एजेन्डा लिएर सक्रिय रहेका व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँ हाल भारतीय सुरक्षा निकायको निगरानीमा परेका छन्। भारतको बाह्य गुप्तचर एजेन्सी रअ (RAW) ले नेपालमा प्रसाईँको बढ्दो गतिविधिले द्विपक्षीय सुरक्षा वातावरणमा असर पर्न सक्ने आकलन गर्दै उनीमाथि नजर राखिरहेको एक उच्च सुरक्षा स्रोतले बताएको छ।

प्रसाईँ नयाँदिल्लीबाट काठमाडौँ फर्कने क्रममा भारतीय अध्यागमनले उनलाई करिब ४० मिनेट रोक्दै सोधपुछ गरेको थियो। सो जानकारी दिल्लीस्थित नेपाली दूतावाससम्म पुगेपछि राजदूत शंकर शर्माले भारतीय पक्षसँग समन्वय गरेपछि मात्र प्रसाईँ नेपाल फर्कन अनुमति पाएका थिए।

यसअघि पनि प्रसाईँको भारत यात्रा र गतिविधिप्रति भारतीय अधिकारीहरू सतर्क रहेकै स्रोतहरू बताउँछन्। नेपालमा राजसंस्थापुनर्स्थापन र धार्मिक राष्ट्रको नारा जोडदार रुपमा उठाइएका बेला उनले भारतमा समर्थन खोजेको नेपाल प्रहरीको पुरानो अनुसन्धानमा समेत देखिएको थियो। तर भारतीय पक्षले कुनै औपचारिक सहयोग वा समर्थन जनाएको छैन।

भारतीय अधिकारीहरूले प्रसाईँलाई भारतमा रहँदा राजनीतिक गतिविधि नगर्न र भारतको समर्थन रहेको जस्तो भ्रामक दाबी नगर्न चेतावनी दिएको भारतीय मिडियाले जनाएको छ।

सुरक्षा स्रोतहरूको भनाइमा, प्रसाईँको हालको अभियान र अभिव्यक्तिले नेपालभित्र मात्र होइन, क्षेत्रीय संवेदनशीलता समेत स्पर्श गरिरहेको छ। त्यसैले दुवै देशका सुरक्षा संयन्त्रले सतर्कता बढाएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय