Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...

वामदेव गौतमद्वारा फागुन २१...

ललितपुर,२२ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागुन २१ गते...

आन्तरिक राजस्व कार्यालय स्थापनाको...

जनकपुर,२२ मंसिर । राजविराजमा करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयको विरोधमा स्थानीय...

गठबन्धन आगामी निर्वाचनसम्म कायम...

रौतहट,२२ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी निर्वाचनसम्म मधेश प्रदेशको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
15.4 C
Birgunj
spot_img

आलमको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२२ कातिक । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य अफताब आलमको निधनमा तीन दिनसम्म झण्डा आधा झुकाउने निर्णय गरेको छ । शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आकस्मिक बैठकले आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले कात्तिक २२, २३ र २४ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । त्यस्तै कात्तिक २३ गते केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय समेत बैठकले गरेको छ ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं रौतहट जिल्लाका पूर्व सभापति मोहम्मद आफ्ताव आलमको ६३ वर्षको उमेरमा निधन भएको थियो। गए राति काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको हो।

वि.सं. २०१९ असार ५ गते रौतहटको राजपुर फरहदवामा जन्मिएका आलमले वि.सं. २०३६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका थिए। उनले पटक–पटक मन्त्री पदको जिम्मेवारी सम्हालेका थिए। उनी वि.सं. २०५३ को उपनिर्वाचन, २०५६ को आम निर्वाचन, २०६४ को संविधानसभाको निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नं. २ बाट विजयी भएका थिए। वि.सं. २०६७ को बाह्रौं महाधिवेशनबाट उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

पार्टीले एक अनुभवी नेतृत्व गुमाएको भन्दै केन्द्रीय कार्यसमिति बैठकले उनको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

ताजा समाचार

थप समाचार