spot_img

मधेश प्रदेशका मुख्यमन्त्री सोनलले विश्वास मतमा एकढिक्का हुन सांसदलाई आग्रह

spot_img
spot_img

जनकपुर,२२ कातिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले शनिबार प्रदेशसभामा विश्वासको मत माग्दै सांसदहरूलाई एकढिक्का भएर मत दिन आग्रह गरेका छन्। उनले संघीयता र लोकतन्त्रको रक्षा गर्दै देशलाई नयाँ सन्देश दिने बेला आएको बताएका छन्।

सोनलले आफूले गरेको आग्रहमा पार्टी सीमामा मात्र नरोकी सबै सांसदसँग विश्वासको प्रस्तावमा सकारात्मक भूमिका खेल्न अनुरोध गरे। उनले भने, “संघीयताको रक्षाका लागि र लोकतन्त्रको मजबुतीका लागि आज एकढिक्का भएर सन्देश दिनुपर्छ। सरकार मात्र होइन, व्यवस्था नै महत्त्वपूर्ण छ।”

सोनलले अग्रजको उपलब्धिलाई सम्मान गर्दै नयाँ पुस्ताको भविष्य आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा पनि जोड दिएका छन्। उनले मधेशलाई संघीयताको उद्गमबिन्दु भन्दै थप जिम्मेवार भएर अघि बढ्नुपर्ने सुझाएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय