spot_img

नेपाल ट्रष्टको जग्गा ठगी प्रकरणमा पूर्वसहसचिव कार्की पक्राउ

spot_img
spot_img

काठमाडौं,२२ कातिक । दरबारमार्गस्थित नेपाल ट्रष्टको नाममा दर्ता गरिएको जग्गासम्बन्धी ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सहसचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रालिबीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानुनी प्रक्रिया उल्लंघन गरेका छन्। यसले ट्रष्टलाई दीर्घकालीन आर्थिक तथा प्रशासनिक क्षति पुर्‍याउने जोखिम रहेको पाइएको छ।

जाँचको क्रममा पाइएको तथ्यांकअनुसार, सम्झौतामा उल्लेखित कित्ता नं. ४६०६ बाहेक अर्को कित्ता नं. ४६०५ पनि थप गरी, सञ्चालक समितिको निर्णयविना नै तीन वर्षको निर्माण अवधि र ३० वर्षको लिज सम्झौता गरिएको देखिएको छ।

प्रहरीले जानकारी दिएको छ कि नेपाल ट्रष्टको जग्गा लिजमा दिने–लिने क्रममा गैरकानूनी लाभ लिएको ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दाको अनुसन्धान जारी छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय