spot_img

मृत सम्झिएका छोरा तीन वर्षपछि घर फर्किए, परिवारमा खुशीको लहर

spot_img
spot_img

जनकपुर,२२ कातिक । महोत्तरी जिल्लाको मनराशिस्वा नगरपालिका–९ बथनाहाका ४० वर्षीय बदियल महतो तीन वर्षअघिको हराइरहेको अवस्थामा सुरक्षित रूपमा घर फर्किएका छन्। उनको आगमनसँगै घर र टोलमा खुशीको लहर छाएको छ।

बदियल २०७८ फागुनमा कामकाजको लागि दुबई गएका थिए। करिब ६ महिनासम्म परिवारसँग सम्पर्कमा रहेपनि त्यसपछि सम्पर्कबिहीन बनेपछि परिवारले उनको मृत्यु भइसकेको ठानेको थियो। दुबईमा खोजतलाशका प्रयास असफल भएपछि परिवार निराश बनेको थियो।

तर, मनराशिस्वा नगरपालिका युवा समाजसेवी सुनिल पाण्डेयले दुई वर्षदेखि निरन्तर खोजतलाश गरेर बदियललाई फेला पारेका थिए। पाण्डेयले दुबईस्थित नेपाली दूतावास र विभिन्न प्रहरी युनिटहरूसँग समन्वय गरी फोटो, राहदानी र अन्य कागजातमार्फत खोजतलाश गरेका थिए।

बदियल दुबईमा मानसिक र शारीरिक रूपमा कमजोर भएका कारण कठिन परिस्थितिमा काममा संलग्न गरिएका थिए। तर, दूतावासको सहयोगमा उनलाई सुरक्षित रूपमा नेपाल फर्काइएको थियो। बदियल कार्तिक १९ गते घर आइपुगेका हुन्।

उनको फर्किएसँगै टोल–पडोसका मानिसहरू समेत भेट गर्न घर आएका छन् र घरमा घुईचो बढेको छ। परिवारले उनको सुरक्षित उद्धारमा सहयोग पुर्‍याएका सबैलाई धन्यवाद दिएका छन्।

हाल बदियलको श्रीमती र दुई बच्चा भारतमा छन्, र उनीहरूसँग सम्पर्क राख्ने प्रयास भइरहेको छ। बदियलले दुबईमा चामल र पिठो बोकेर कठिन काम गर्नुपर्ने भएको बताए, तर थप विवरण दिन असमर्थ देखिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय