spot_img

फरार कैदी र लुटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेशन सञ्चालन गरिने : गृहमन्त्री अर्याल

spot_img
spot_img

काठमाडौं,२२ कात्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिक तहबाट पनि सहयोग आवश्यक रहेको बताए। मन्त्री अर्यालले सुशासन दिन नसकिएमा सम्भावित द्वन्द्व दोहोरिन सक्ने जोखिम रहेको चेतावनी दिए।

उनका अनुसार, आन्दोलनका क्रममा लुटिएका ७१० वटा हतियारमध्ये केही फिर्ता भइसकेको छ भने केही डढेको पनि छ। फरार १४ हजार ५४९ जना कैदीमध्ये ९ हजार ५२१ जना फिर्ता भइसकेका छन् भने अझै ५ हजार १०५ जना बाहिर रहेका छन्। उनले बताए, “कतिपय अझै बाहिर छन्, त्यसैले हतियार र कैदी फिर्ता ल्याउन विशेष अपरेशन सञ्चालन गरिनेछ। नागरिक तहबाट सहयोग आवश्यक छ।”

मन्त्री अर्यालले कानूनी राज्यको जगेर्ना गर्नु आफ्नो दायित्व भएको र निजी क्षेत्रसँगको सहकार्यले अर्थतन्त्रलाई मजबुत बनाउने बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय