spot_img

उद्योगीहरूको पीरमर्का सरकारको पनि हो : प्रधानमन्त्री कार्की

spot_img
spot_img

काठमाडौं,२२ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले उद्योगी र व्यवसायीहरूको चुनौती सरकारकै चुनौती भएको बताएकी छन्।

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस २.० कार्यक्रममा निजी क्षेत्रसँग सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले उद्योगीहरूको पीरमर्का र समस्यामा सरकार पनि सँगै भएको स्पष्ट पारिन्। उनले भनिन्, “तपाईंहरूको पीरमर्का हाम्रो पनि हो। उद्योगी र व्यवसायीहरूले केवल कर तिर्ने मात्र होइनन्, ठूलो जनसंख्यालाई रोजगारी र सामाजिक सुरक्षा सुनिश्चित गर्दै राज्यलाई ठूलो दायित्व पनि पुर्‍याएका छन्।”

प्रधानमन्त्री कार्कीले देशको अर्थव्यवस्था उद्योग व्यवसायबिना सम्भव नभएको उल्लेख गर्दै उद्योगीहरूको मनोबल नउठेसम्म समग्र अर्थव्यवस्था स्थिर नहुने बताइन्।

उनले थपिन्, “व्यवसाय, उद्यमीको सपना, वित्तीय लगानी, पेसाकर्मीको दक्षता र श्रमिकको मेहनतले मात्रै आर्थिक प्रगति सम्भव छ। यसमा समाज र सरकारको भूमिका उचित वातावरण निर्माणमा केन्द्रित हुनु आवश्यक छ।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय