Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025
Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

एमाले अजम्बरी रहेको ...

काठमाडौं,२६ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र...

एमालेमा फर्किएका विश्वमणिसहित महाधिवेशन...

काठमाडौं,२७ मंसिर – नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै गर्दा पार्टीले...

देउवा, प्रचण्ड, माधव र...

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा...

रौतहट–१ मा रञ्जित पटेलको...

रौतहट, २६ मंसिर – रौतहट निर्वाचन क्षेत्र नं. १ यमुनामाई गाउँपालिका–१ जेठरहिया निवासी...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
16.1 C
Birgunj
spot_img

वडा अध्यक्ष रमेश प्रसाद यादवको प्रयास सफल — ३० वर्षदेखि रोकिएको विकासको लामो प्रतीक्षा अन्त्य

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२२ कातिक । बीरगन्ज  महानगरपालिका–१५ अन्तर्गत लक्षणवा हरियाली टोलमा अन्ततः ३० वर्षदेखि रोकिएको सडक निर्माणको कार्य सुरु भएको छ। दशकौँको प्रतीक्षापछि स्थानीयवासीहरू अब हिलो र धुलोबाट मुक्त हुने आशामा अत्यन्तै उत्साहित बनेका छन्।

बिगत तीन दशकदेखि विकासको प्रतीक्षामा रहेको करिब ३०५ मिटर लामो उक्त सडक पूर्व–पश्चिम दुबै मुखमा लामो समयदेखि विवादका कारण निर्माण हुन सकेको थिएन। पटक–पटक बजेट विनियोजन भए पनि विवादकै कारण काम अघि बढ्न सकेको थिएन। यसअघि ‘पापु कन्स्ट्रक्सन’ नामक कम्पनीले ठेक्का पाए पनि कार्य सम्पन्न गर्न असफल भएको थियो।

तर, वडा नं. १५ का वडा अध्यक्ष रमेश प्रसाद यादव र जनता समाजवादी पार्टीका महानगर अध्यक्ष ईश्वर चन्द्र यादवको निरन्तर पहल, प्रयास र मध्यस्थतापछि अन्ततः विवाद समाधान भई सडक निर्माणको कार्यले निकास पाएको हो। वडा अध्यक्ष यादवका अनुसार, “यो सडक निर्माणका लागि पटक–पटक पहल गर्‍यौं। अन्ततः प्रदेश सरकारको बजेटबाट काम सुरु हुन पाउँदा हामी अत्यन्तै खुशी छौं।”

प्रदेश सरकारले उक्त सडक निर्माणका लागि कुल १४ करोड ७९ लाख ६५ हजार ३०३ रुपैयाँ ७७ पैसाको बजेट विनियोजन गरेको छ। सो बजेटअन्तर्गत दुईवटा मुख्य सडक निर्माण हुने बताइएको छ, जसमा हरियाली टोलको १८ फिट चौडा नालासहितको ढलान सडक पनि पर्छ।

उक्त निर्माण कार्यको ठेक्का आर.आई.पी.एल.–निरिक्षा संयुक्त लगानी (जे.भी.) ले लिएको हो भने त्यसको उप–ठेक्का निरिक्षा निर्माण सेवा प्रा. लि. ले जिम्मेवारीपूर्वक काम अघि बढाइरहेको छ।

सडक निर्माण सुरु भएपछि स्थानीयवासीहरूमा अत्यधिक खुशी छाएको छ। स्थानीय बासिन्दा बीजुली यादवले भने, “हामी यो सडकको लागि ३० वर्षदेखि प्रतीक्षामा थियौं। आज बाटो बन्न थालेको देख्दा साँच्चै हर्ष लागेको छ। अब हाम्रो टोल हिलो र धुलोबाट मुक्त हुनेछ।”

यो सडक निर्माण सम्पन्न भएपछि नजिकैको मेडिकल कलेज, बस्ती तथा बजार क्षेत्रलाई सहज पहुँच मिल्ने र स्थानीय स्तरमा व्यापार, आवागमन तथा आर्थिक गतिविधि समेत फस्टाउने अपेक्षा गरिएको छ।

ताजा समाचार

थप समाचार