Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...

वामदेव गौतमद्वारा फागुन २१...

ललितपुर,२२ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागुन २१ गते...

आन्तरिक राजस्व कार्यालय स्थापनाको...

जनकपुर,२२ मंसिर । राजविराजमा करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयको विरोधमा स्थानीय...

गठबन्धन आगामी निर्वाचनसम्म कायम...

रौतहट,२२ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी निर्वाचनसम्म मधेश प्रदेशको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
15.4 C
Birgunj
spot_img

अफताव आलमको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक दुई दिन स्थगित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२३ कात्तिक । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनका कारण पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठक दुई दिन पर सरेको छ ।

मृगौलासम्बन्धी रोगबाट पीडित आलमको शनिबार उपचारका क्रममा भएको दुःखद निधनपश्चात् कांग्रेसले शोक मनाउने परम्परा अनुरूप यो नि र्णय गरेको हो । आज बिहान साढे ११ बजेका लागि तय भएको बैठक अब मंगलबार बिहान साढे ११ बजे बस्ने गरी स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

आलमको निधनपछि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कार्तिक २२, २३ र २४ गतेसम्म पार्टीका सबै कार्यालयहरूमा झण्डा आधा झुकाउने, साथै कार्तिक २३ गते आज केन्द्र, प्रदेश र जिल्लाका सम्पूर्ण कार्यालय बन्द गर्ने र तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ, जसले गर्दा १५औँ महाधिवेशनको मिति र कार्यतालिकाबारे छलफल गरिरहेको केन्द्रीय समितिको नियमित कार्यसूचीमा अल्पविराम लागेको छ ।

गत असोज २८ गतेबाट प्रारम्भ भएको यो बैठकमा नेताहरूले महाधिवेशनको समय र तयारीबारे फरक-फरक धारणा राखिरहेका बेला शोकका कारण छलफल दुई दिनका लागि रोकिएको छ ।

ताजा समाचार

थप समाचार