spot_img

मधेस सरकार पतनपछि सत्ता र विपक्षबीच आरोप–प्रत्यारोप

spot_img
spot_img

बीरगन्ज,२३ कात्तिक । मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलको नेतृत्वमा बनेको मधेस प्रदेश सरकार ढलेपछि सत्ता पक्ष र विपक्षबीच आरोप–प्रत्यारोप सुरु भएको छ। सत्ता पक्षले विपक्षी दल र सभामुखमाथि दोषारोप गरे पनि विपक्षी नेताहरूले ती आरोपहरू अस्वीकार गर्दै सरकार आफ्नै कमजोरी र आन्तरिक विवादका कारण ढलेको दाबी गरेका छन्।

नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार सोनल सरकारको पतन कुनै बाह्य कारणले होइन, आफ्नै त्रुटिका कारण भएको हो। उनले भने, “सरकार आफैँले गल्ती गर्‍यो, विपक्षीको हात छैन। संसदमा हारजित सामान्य कुरा हो, त्यसलाई सङ्घीयताको सङ्कट ठान्नु गलत हो।” यादवले सत्ता पक्षभित्र एकता कायम गर्न नसक्नु र दलहरूबीचको कमजोर तालमेललाई सरकार असफलताको प्रमुख कारण बताए।

त्यस्तै, नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि सोनल सरकार भित्रकै अविश्वास र अन्तर्द्वन्द्वलाई कारण देखाए। उनले भने, “हामीले लोकतान्त्रिक अभ्यासअनुसार आफ्नो भूमिका निभाएका हौँ। सत्ता गठबन्धनभित्र सहकार्य नहुँदा यस्तो अवस्था आएको हो।”

विपक्षी नेताहरूले मधेस प्रदेशको यो राजनीतिक घटनालाई सामान्य लोकतान्त्रिक प्रक्रिया भन्दै यसलाई अस्वाभाविक रूपमा चित्रण नगर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार संसदमा सरकार ढल्नु वा नयाँ सरकार गठन हुनु लोकतान्त्रिक अभ्यासको हिस्सा हो, त्यसलाई अस्थिरता भनेर व्याख्या गर्नु अनुचित हुनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय