spot_img

जुकाको औषधि घाँटीमा अड्किँदा १८ महिने बालिकाको मृत्यु

spot_img
spot_img

रुपन्देही,२३ कात्तिक । दाङमा जुकाको औषधि खुवाउने क्रममा १८ महिने बालिकाको मृत्यु हुने दुःखद घटना भएको छ। गढवा गाउँपालिका वडा नं ४, अजगढवाका शिवकुमार यादवकी कान्छी जुम्ल्याहा छोरी जुम्ल्याहामध्ये मृत्यु भएकी हुन्।

घटनाको विवरणअनुसार, भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम अन्तर्गत बालबालिकालाई औषधि खुवाउने क्रममा यो दुर्घटना भएको हो। जेठी छोरीलाई औषधि खुवाइ सकेपछि कान्छी छोरीलाई खुवाउने क्रममा औषधि उनको घाँटीमा अड्किएको थियो। केही समयमा बालिकाको श्वास रोकिएको र घटनास्थलमै उनको मृत्यु भएको स्वास्थ्य अधिकृत कैलाशचन्द्र चौधरीले बताए।

प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार, औषधि खुवाउने स्वयंसेविकाले गल्ती जानबुझेर गरेको होइन, तर सावधानी नअपनाउँदा यस्तो दुर्घटना भएको हो। शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको छ।

स्थानीय बासिन्दा र पालिका प्रशासनले जुकाको औषधि वितरणका क्रममा अधिक सावधानी अपनाउन आग्रह गरेका छन्। गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलले घटनाले स्वास्थ्य स्वयंसेविकाहरू मात्र नभएर सम्पूर्ण समुदायका लागि सजगताको पाठ सिकाएको बताए।

यस अपत्यारिलो घटनाले औषधि वितरणमा अभिभावक र स्वयंसेविकाहरू दुवैलाई सचेत रहन जरुरी रहेको सन्देश दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय