spot_img

नारायणी अस्पतालमा नयाँ मेसु साहको भव्य स्वागत, सफल कार्यकालको शुभकामना

spot_img
spot_img

वीरगन्ज,२३ कात्तिक । वीरगन्जस्थित नारायणी अस्पताल विकास समितिले आज नयाँ निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट (मेसु) साहलाई स्वागत गरेको छ। अस्पतालका विकास समिति तथा कर्मचारीहरूले आयोजित स्वागत कार्यक्रममा मेसु साहलाई स्वागत गरेको हो ।

साथै सफल कार्यकालका लागि शुभकामना समेत दिएका छन। कार्यक्रममा बोल्ने वक्ताहरूले अस्पतालको सेवासुविधा विस्तार, व्यवस्थापन सुधार र आमनागरिकका स्वास्थ्य अधिकार सुनिश्चित गर्न नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

स्वागत कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नयाँ मेसु साहले विकास समितिको विश्वासप्रति आभार व्यक्त गर्दै अस्पतालको समग्र सेवा प्रणालीलाई अझ सुदृढ र जनमैत्री बनाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाएका छन ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय