Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

पोखरिया–१० मा एमालेको वडा भेला सम्पन्न, संगठन सुदृढीकरणमा जोड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सा,२३ कात्तिक । नेकपा (एमाले) केन्द्रीय कमिटीले जारी गरेको देशव्यापी वडा भेला कार्यक्रमअन्तर्गत पर्साको पोखरिया नगरपालिकाको वडा नम्बर–१० मा भेला सम्पन्न भएको छ ।

वडा कमिटी अध्यक्ष कमरेड दुःखहरण महतोको अध्यक्षतामा सम्पन्न भेलामा वडा भित्रको संगठनात्मक समीक्षा, आगामी योजनाहरू र पार्टीलाई बलियो बनाउने रणनीतिबारे छलफल गरिएको थियो ।

भेलाले पार्टीलाई स्थानीय तहमा अझ सशक्त बनाउन सबै कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ । कार्यक्रममा उपस्थित वक्ताहरूले एमालेको संगठनात्मक संरचना सुदृढीकरणका लागि घर–घरमा पार्टीको नीति–कार्यक्रम पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

साथै, भेलाले स्थानीय मुद्दाहरूमा जनताको पक्षमा सक्रिय रहँदै पार्टीको जनाधार विस्तार गर्ने निर्णय गरेको वडा अध्यक्ष महतोले जानकारी दिए । भेलामा वडा कमिटीका सदस्य, सल्लाहकार, टोल कमिटीका प्रतिनिधि र स्थानीय कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

ताजा समाचार

थप समाचार