spot_img

मनाङमा बेपत्ता बाबु–छोरीको शव हिउँमा पुरिएको अवस्थामा फेला

spot_img
spot_img

काठमाडौँ,२३ कात्तिक । मनाङ जिल्लामा करिब तीन सातादेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको शव आइतबार दिउँसो फेला परेको छ ।

५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र उहाँकी १७ वर्षीया छोरी प्रियन्साकुमारी पटेलको शव ङिस्याङ गाउँपालिका–५ स्थित मलेरिपा गुम्बाभन्दा करिब सय मिटर माथि हिउँले पुरिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले पुष्टि गरेका छन् ।

बाबु–छोरी गत कात्तिक ३ गते ग्याल्सेन होटलबाट मलेरिपा गुम्बा घुम्न जान्छु भनी हिँडेपछि सम्पर्कविहीन भएका थिए । उनीहरू बेपत्ता भएपछि होटलको जानकारीका आधारमा सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङले खोजीकार्य जारी राखेको थियो ।

माउन्टेन रेस्क्यु तालिम प्राप्त टोलीले उद्धार सामग्रीसहित पुनः खोजी गर्दा उनीहरूको शव फेला पारेको हो, जसले गर्दा लामो समयदेखिको खोजी प्रयास दुःखद अन्त्यमा पुगेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय