spot_img

अख्तियारले प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन बुझायो

spot_img
spot_img

जनकपुर,२३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई वार्षिक प्रतिवेदन बुझाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले प्रदेश प्रमुख सुवेदीलाई आइतबार आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा आर्थिक वर्ष २०८१/०८२ मा ३ हजार ४८ र सोही आर्थिक वर्षको जिम्मेवारी सरी आएको ९२३ उजुरी गरी कुल ३ हजार ९७१ उजुरी दर्ता भएको उल्लेख छ । कुल उजुरी मध्ये २ हजार ९१० उजुरी फर्छ्यौट भएको र बाँकी १ हजार ६१ उजुरी आर्थिक वर्ष २०८२/०८३मा छानबिन हुने गरी जिम्मेवारी सरेको अख्तियारले जनाएको छ ।

अख्तियारको बर्दिबास कार्यालयमा घुस रिसवत सम्बन्धी ३७ वटा, गैरकानूनी हानी लाभ सम्बन्धी ३५ वटा, झुटा नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी २७ वटा, सार्वजनिक सम्पत्ति हानी नोक्सानी सम्बन्धी २४ वटा, गैरकानूनी सम्पत्ति अर्जन सम्बन्धी ८ उजुरी परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै यी उजुरीहरूमा ६१९ पुरुष, ९४ महिला तथा ४० सङ्घसंस्था गरी कुल ७५३ प्रतिवादीविरुद्ध कैद सजाय तथा जरिवाना गरिएको छ । जरिवाना मार्फत ६ अर्ब १ करोड ८४ लाख ७२ हजार बढी बिगो माग दाबी गरिएको प्रतिवेदनमा जनाइएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय