spot_img

सोमबार भगवान शिवको विशेष दिन

spot_img
spot_img

काठमाडौं,२४ कात्तिक । आज २०८२ साल कात्तिक २४ गते, सोमबार। मंसिर कृष्ण पक्षको षष्ठी तिथि। यही दिन विश्वव्यापी रूपमा शान्ति र विश्वासका लागि विश्व विज्ञान दिवस पनि मनाइँदैछ।

हिन्दू परम्परा अनुसार सोमबार भगवान शिवलाई समर्पित विशेष दिन मानिन्छ। ‘देवको पनि देव’ भनेर चिनिने महादेवको आराधनाका लागि यो दिन व्रत बसी पूजाआजा गर्ने चलन छ।

शिवको सोमबार व्रत सूर्य उदयसँगै सुरु भएर सूर्यास्तपछि सम्पन्न गरिन्छ। पूजापछि बेलुकाको आरती सकेर मात्र भोजन ग्रहण गरिन्छ। दिनभर शिव–पार्वतीको आराधना गरिँदै, पूजाको प्रारम्भमा गणेशको पूजा अनिवार्य रूपमा गरिन्छ।

विश्वास गरिन्छ कि सोमबारको व्रतले मनोकामना पूरा गर्छ, ज्ञान र आत्मशान्ति प्रदान गर्छ। अविवाहित महिलाले योग्य जीवनसाथी प्राप्तिको कामना गर्दै सोमबारको उपवास बस्ने परम्परा अझै पनि जीवित छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय