spot_img

खगेन्द्र सुनारको दलमा सभापतिबाहेक सबै केन्द्रीय सदस्य दलित

spot_img
spot_img

काठमाडौं,२४ कार्तिक |दलित अधिकार अभियन्ता खगेन्द्र सुनारले निर्वाचन आयोगमा दर्ताका लागि पेश गरेको नयाँ राजनीतिक दलको प्रस्तावमा सभापति बाहेक सबै केन्द्रीय सदस्य दलित समुदायका रहेको खुलेको छ।

निर्वाचन आयोगका अनुसार सुनारले दर्ता निवेदनमा आफूलाई सभापति र २० सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका छन्। प्रस्तावित दलको नाम ‘हाम्रो पार्टी नेपाल’ रहनेछ भने गोलो घेराभित्रको ‘लाइक चिन्ह’ निर्वाचन प्रतीकका रूपमा प्रस्ताव गरिएको छ।

सुनारको प्रस्तावित समितिमा २१ जना सदस्यमध्ये १८ जना (८५%) दलित समुदायका छन्। तीमध्ये पनि विश्वकर्मा र परियार समुदायको वर्चस्व देखिन्छ। बाँकी ३ जना (१५%) खस आर्य समुदायका गैरदलित रहेका छन्। समितिमा आदिवासी जनजाति, मधेशी, मुस्लिम वा थारु समुदायको प्रतिनिधित्व भने छैन।

केन्द्रीय सदस्यमा केशव नेपाली (परियार), दधिरा परियार, प्रेमनारायण बिक, अमिर सुनार, सुरतबहादुर भुल, गिरीबहादुर सुनार, उर्मिला नेपाली, शान्तबहादुर घताल, चंचला पराजुली, रबिन्द्र सुवेदी, जनकबहादुर जनाला, भरतबहादुर सुनार, सन्तबहादुर नेपाली, रामसरा बिक, सिता सुनार, अनिता परियार, रमेश विश्वकर्मा, बिबेक पासवान, कमला नेपाली र सचिन मेघनाथ रहेका छन्।

यसअघि शनिबारमात्रै सुनारको नेतृत्वमा ‘दलित अभियान नेपाल’ नामक राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको थियो, जसपछि उनले यो नयाँ दल दर्ता प्रक्रिया अघि बढाएका हुन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय