spot_img

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

spot_img
spot_img

काठमाडौँ,२४ कात्तिक । नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ।

त्याग, साहस र निष्ठाका प्रतीकका रूपमा चिनिने सिंहले नेपालको प्रजातन्त्र स्थापना र पुनर्बहालीमा अमूल्य योगदान दिएका थिए। २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले उनलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा उनले त्यो जिम्मेवारी आफ्ना सहकर्मी कृष्णप्रसाद भट्टराईलाई सुम्पेर उदाहरणीय राजनीतिक संस्कार प्रदर्शन गरेका थिए।

वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका सिंह नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्का सदस्य थिए। उनले राणा शासनविरुद्धको आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै जनताको अधिकार र स्वतन्त्रताको पक्षमा जीवन समर्पण गरे।

वि.सं. २०५४ असोज २ गते उनको निधन भएको थियो। आजको दिनमा विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था र सर्वसाधारणले देशभर उनको सम्झनामा कार्यक्रम आयोजना गर्दै प्रजातन्त्रका योद्धाप्रति श्रद्धाञ्जलि अर्पण गरिरहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय