spot_img

काठमाडौँ कारागारबाट फरार कर्तव्य ज्यानका कैदी बीरगन्जबाट पक्राउ

spot_img
spot_img

बीरगन्ज,२४ कात्तिक । काठमाडौँको केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी दीपक कुमार महरा बीरगन्जबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बीरगन्ज महानगरपालिका–८ निवासी ३७ वर्षीय महरालाई विशेष सूचनाको आधारमा खटिएको प्रहरीले आइतबार अपरान्ह करिब ४ बजे आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरि बहादुर बस्नेतका अनुसार महरा केही समयअघि जेल–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। पर्सा जिल्ला अदालतबाट कर्तव्य ज्यान अभियोगमा २५ वर्ष कैद सजाय पाएका उनलाई पक्राउपछि आवश्यक कारबाहीका लागि कारागार कार्यालय बीरगन्जमा पठाइएको छ।

बस्नेतका अनुसार फरार अभियुक्त पक्राउ परेसँगै अन्य फरार कैदीहरूको खोजी कार्य अझै जारी छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय